काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र परिणामबारे प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै प्रधानमन्त्री मोदीले सफलतापूर्वक निर्वाचन गराएको भन्दै नेपाल सरकार र नेपाली जनताप्रति खुसी रहेको बताए ।
‘निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु । मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्दा खुशी लागेको छ,’ उनले भनेका छन् ।
त्यस्तै उनले भारत एक घनिष्ठ मित्रका रुपमा अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न प्रतिवद्ध रहेको समेत बताएका छन् ।
‘घनिष्ठ मित्र र छिमेकीको रूपमा, भारत साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग नजिकबाट काम गर्ने आफ्नो प्रतिबद्धतामा अडिग छ,’ उनले भनेका छन् ।
साथै मोदीले जेनजी विद्रोहपछि भएको निर्वाचन नेपालको लोकतान्त्रिक यात्रामा कोशेढुंगा रहेको समेत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया