हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

लोकपथ
112
Shares
Smoke billows from the site of an Israeli airstrike on the outskirts of the southern village of Habbouch on September 23, 2024. The Israeli military on September 23 told people in Lebanon to move away from Hezbollah targets and vowed to carry out more “extensive and precise” strikes against the Iran-backed group. (Photo by Rabih DAHER / AFP)

 काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि मध्यपूर्वमा तनाव उच्च बिन्दुमा पुगेको छ । 

लेबनानका राष्ट्रपति जोसेफ आउनले उच्च रक्षा परिषद्को बैठकमा सबै पक्षलाई राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै भने, ‘युद्ध वा शान्तिको निर्णय गर्ने अधिकार संवैधानिक रूपमा सरकारमा निहित छ ।’

परिषद्ले जनतालाई आवश्यक आपूर्ति सुनिश्चित गर्न र अधिकारीहरूलाई सुरक्षित हवाई यातायात कायम गर्न निर्देशन दिएको छ । 

यसैबिच, हिजबुल्लाह नेता शेख नइम कासिमले अमेरिका र इजरायलमाथि इरानका सर्वोच्च नेता अलि खामेनीको हत्या गर्ने आपराधिक आक्रमण गरेको आरोप लगाएका छन् ।

शनिबार इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि इरानले मध्यपूर्वभरि आफ्नो जवाफी हमला गर्दै तनाव बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?