अमेरिका–इजरायल आक्रमण : इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

लोकपथ
308
Shares

तेहरान । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको  पुष्टि भएको छ ।  इरानी सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको हो । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनीको निधनको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

इरानमाथि शनिबार संयुक्त रूपमा अमेरिका र इजरायलले सैन्य हमला गरेका थियो । 

सो हमलामा खामेनीको निवास पनि लक्षित गरिएको थियो । इरानी मिडियाका अनुसार यही क्रममा उनको मृत्यु भएको बताइएको छ ।

इरानको सरकारी सञ्चार माध्यमले हमलामा सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ ।

विश्वभरका सुरक्षा र राजनीतिक विश्लेषकहरूले यस घटनाले मध्यपूर्व क्षेत्रमा तनाव बढाउने चेतावनी दिएका छन् । 

इरानका राजनीतिक र धार्मिक नेतृत्वमा ठुलो परिवर्तनको सम्भावना रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?