काठमाडौं । इरानले आफ्नो सशस्त्र बल देशको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ । आवश्यक परे सैन्य जवाफ दिन तयार रहेको चेतावनी पनि दिएको छ ।
इरानको विदेश मन्त्रालयले शनिबार बिहान इजरायलबाट भएको आक्रमणले देशको भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमिकतामाथि प्रहार गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार आक्रमणमा केही रक्षात्मक पूर्वाधारका साथै विभिन्न सहरका गैरसैन्य स्थानलाई समेत निशाना बनाइएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ,‘अमेरिका र इजरायलद्वारा गरिएको सैन्य आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरविपरीत भएको छ ।’
इरानले क्षेत्रीय स्थिरता कायम राख्न आफूले धैर्य र संयम अपनाउँदै आएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा इरानले आक्रमणसमक्ष कहिल्यै नझुकेको उल्लेख गर्दै यस पटक पनि आफ्नो प्रतिक्रिया निर्णायक हुने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया