काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकयोललाई विद्रोह (इन्सरेक्सन) को आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
सियोल सेन्ट्रल जिल्ला अदालतले बिहीबार यो फैसला सुनाएको हो । यो सजाय दक्षिण कोरियामा डिसेम्बर ३, २०२४ मा उनले घोषणा गरेको छोटो समयको आपतकालीन मार्सल ल (सैन्य शासन) सँग सम्बन्धित छ ।
अदालतले यो कदमलाई संवैधानिक व्यवस्थालाई भंग गर्ने विद्रोहको नेतृत्व गरेको ठहर गरेको छ । प्रहरीले युनलाई मृत्युदण्डको माग गरेको थियो । तर अदालतले आजीवन कारावास (लाइफ इम्प्रिजनमेन्ट) को सजाय तोकेको छ ।
यो फैसला दक्षिण कोरियाको लोकतान्त्रिक इतिहासमा निर्वाचित राष्ट्रपतिलाई यस्तो कठोर सजाय दिइएको पहिलो घटना हो । मार्सल ल घोषणा भएपछि मात्र ६ घण्टाभित्रै संसदले यसलाई रद्द गरेको थियो ।
जसले देशमा ठुलो राजनीतिक संकट निम्त्याएको थियो । युनलाई यसअघि पनि इम्पिचमेन्ट (महाभियोग) मार्फत पदबाट हटाइसकिएको थियो । यो घटनाले दक्षिण कोरियाको लोकतन्त्रको परीक्षा गरेको र जवाफदेहिताको महत्त्वपूर्ण कदम भएको विश्लेषकहरूले बताएका छन् । युनले यो फैसलाविरुद्ध अपिल गर्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया