काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वासिङ्टनले १० देखि १५ दिनभित्र सम्झौता गर्न सक्ने संकेत दिँदै त्यसो नभए थप सैन्य आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
वासिङ्टन डीसीमा आयोजित ‘बोर्ड अफ पिस’को उद्घाटन बैठकलाई सम्बोधन गर्दै ट्रम्पले गत वर्ष जुनमा इरानविरुद्ध गरिएको संयुक्त इजरायली–अमेरिकी आक्रमणले नै गाजामा युद्ध विरामको वातावरण तयार पारेको दाबी गरे ।
उनले इरानका आणविक केन्द्रहरूमा अमेरिकी कारबाही नभएको भए क्षेत्रीय मुलुकहरू शान्ति प्रक्रियामा सहमत नहुने तर्क गरे ।
ट्रम्पले भने, ‘हामीले यसलाई एक कदम अगाडि लैजानुपर्ने हुन सक्छ । सायद हामी एउटा सम्झौता गर्नेछौँ । आगामी १० दिनभित्र यसबारे थाहा पाउनुहुनेछ ।’
ट्रम्पको उक्त टिप्पणी अमेरिका–इरानबिच दोस्रो चरणको अप्रत्यक्ष वार्ता सम्पन्न भएको केही दिनपछि आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया