मध्यपूर्व क्षेत्रमा ‘यूएसएस जेराल्ड आर फोर्ड’लाई तैनाथ गर्न ट्रम्पको आदेश

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठुलो विमानवाहक युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’लाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन् । 

बीबीसीका अनुसार, आदेशपछि यूएसएस जेराल्ड आर फोर्ड विमानवाहक पोत क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान तयारीमा छ । 

यससँगै अब्राहम लिंकन विमानवाहक पोत पनि उनको टास्क फोर्समा सामेल हुनेछ । अब्राहम लिंकन पोत गत महिनाको अन्त्यतिर मध्यपूर्व पुगेको थियो । ट्रम्पका अनुसार, इरानसँग सम्झौता नभए यस युद्धपोतको आवश्यकता पर्न सक्छ ।

इरानमा सम्भावित सत्ता परिवर्तनबारे पनि ट्रम्पले बयान दिएका छन् । उनले भनेका छन्, ‘सत्ता परिवर्तन सबैभन्दा राम्रो कुरा हुने छ, जो हुन सक्छ ।’

यूएसएस जेराल्ड आर फोर्ड परमाणु ऊर्जा प्रणाली (रिएक्टर) भएको विमानवाहक पोत हो । यसले एफए–१८ सुपर हर्नेट र ए–२ हकआई लडाकू विमानसहित ७५ भन्दा बढी लडाकू विमानहरू लैजान सक्छ । 

परमाणु रिएक्टरले परमाणु विखण्डन प्रक्रियाबाट ठुलो मात्रामा ऊर्जा उत्पादन गर्छ, जसलाई बिजुली उत्पादनमा प्रयोग गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?