अन्ततः भारतविरूद्ध विश्वकप खेल्न तयार भयो पाकिस्तान

लोकपथ
168
Shares

मुम्बई ।  पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा पाकिस्तान भारतसँग खेल्ने भएको छ ।

पाकिस्तान सरकारले सामाजिक सञ्जालमार्फत मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँग खेल्न अनुमति दिएको हो ।

यसअघि पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय लिइसकेको थियो । तर, आईसीसी, बंगलादेश क्रिकेट बोर्ड, श्रीलंका र अन्य सदस्य राष्ट्रसँगको छलफलपछि यो निर्णय फिर्ता लिइएको हो ।

पाकिस्तान र बंगलादेश क्रिकेट बोर्डले आपसी सहयोग र सकारात्मक प्रतिबद्धता दोहोर्‍याएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?