आगामी फागुन २१ मा हुने निर्वाचनमा अब केही दिन मात्रै बाँकी छ । देशका १६५ निर्वाचन क्षेत्रमै चुनावी माहोल तातिरहेको छ । नयाँ शक्तिका रुपमा उदाएको रास्वपा, पहिल्यैदेखि प्रभाव जमाइरहेको कांग्रेस, एमाले र नेकपा लगायतका राजनीतिक दल यतिबेला मुख्य प्रतिस्पर्धीका रुपमा देखा परेका छन् ।
नेपाली कांग्रेसको प्रभाव क्षेत्र रहेको मोरङको क्षेत्र नम्बर ३ मा पनि देशका अन्य भागमा जस्तै चुनावको माहोल तातेको छ ।
अघिल्लोपटक नेपाली कांग्रेसका डा. सुनिल शर्मा विजयी भएको यस क्षेत्रमा यसपटक पनि कांग्रेसबाट सुनिल शर्मा नै प्रतिस्पर्धामा रहेका छन् । अन्य उम्मेदवारहरुमा नेकपा एमालेबाट क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट डाक्टर सुनिल शर्मा, नेकपा एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डाक्टर देउमान साम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन् । मोरङ ३ मा यसपटक ७ जना स्वतन्त्रसहित कुल २१ जनाको उम्मेदवारी परेको छ ।
यस्तो छ मोरङ–३ को अंकगणित र उम्मेदवारको अवस्था
मोरङको क्षेत्र नं ३ मा कुल ७७ हजार १७० पुरुष र ८० हजार ८८३ महिला गरी कुल १ लाख ५८ हजार ५७ मतदाता रहेका छन् । मोरङ जिल्लामै सबैभन्दा बढी मतदाता रहेको क्षेत्र नम्बर ३ मा मा कुल ५५ मतदान स्थल रहेको छ भने १७९ मतदान केन्द्र रहेका छन् ।
मोरङ–३ मा पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर १,४,७ र १० रहेको छ भने कानेपोखरी गाउँपालिकाको वडा नम्बर ४ र ७ पर्छ । त्यसैगरी बेलबारी नगरपालिकाको वडा नम्बर १, ४, ८ र ११ पर्छ भने सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर १, ८ र १२ समेटिएको छ ।
मोरङ– ३ को राजनीतिक पृष्ठभूमि
प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ पनि राजनीतिक जोडघटाउ सुरु भएको छ । निर्वाचन आयोगले घरदैलोका लागि मिति तोक्न बाँकी नै रहे पनि उम्मेदवारहरु भने अघोषित रुपमा घरदैलो र मतदाता भेटघाटमा व्यस्त देखिएका छन् । यसैक्रममा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा घरदैलो अभियानमा व्यस्त छन् ।
७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको यस क्षेत्रको निर्वाचन निकै रोचक हुने देखिन्छ । २०७९ को निर्वाचनमा पहिलो नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले, तेस्रो राप्रपा भएको उक्त क्षेत्रमा रास्वपा चौथो पार्टी बनेको थियो । यद्यपि राजनीतिको खेलमा कसको पल्ला कति खेर भारी हुने हो, कसले कुनबेला बाजी मार्ने हो अहिले नै यसै भन्न सकिँदैन ।
स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमार्फत पहिचान बनाएका शर्माले यसपटक पनि ‘स्वास्थ्य, सेवा र विकास’लाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । अघिल्लो निर्वाचन २०७९ मा ४८ हजार ६३१ मतसहित जित हात पारेका उनी पुनः बलियो जनादेशसहित संसद पुग्ने लक्ष्यमा छन्। शर्माको लोकप्रियता रहेको उक्त क्षेत्रमा शर्माको अर्को विकल्प अरु कोइ नभएको कतिपय स्थानीय बताउँछन् । यो तथ्यांकले के देखाउँछ भने प्रत्यक्षमा शर्माले पाएको मत उनको व्यक्तिगत प्रभाव र तत्कालीन गठबन्धनको साझा मत थियो । अहिले नेकपाबाट डा. देउमान सम्बाहाम्फे चुनावी मैदानमा उत्रिएपछि शर्माका लागि आफ्नो पुरानो मत जोगाउन चुनौती देखिन्छ ।
यता नेकपा (एमाले)बाट इरान राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघि सो क्षेत्रमा एमालेका तर्फबाट भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । ढकाल एक पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि दोस्रो पटकको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मासँग भारी मतान्तरले पराजित हुन पुगेका थिए । २०७४ सालमा मोरङ क्षेत्र नम्बर ३ आएका उनले डा. शर्मालाई पराजित गरेका थिए । २०७९ सालको निर्वाचनमा शर्मासँगै २२ हजार ७३६ भारी मताअन्तरले पराजित भएपछि उनी मोरङ क्षेत्र नम्बर ३ जान छाडेका थिए ।
नेपाली कांग्रेसका डा. सुनिल शर्मा र नेकपा एमालेका इरान राई मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट डा. देउमान साम्बाहाम्फे कांग्रेस र एमालेका उम्मेदवारभन्दा कमजोर भएको स्थानीयको भनाइ छ ।
जितको सम्भावना निकै कम भएको कारण पनि उनको त्यस क्षेत्रमा खासै चर्चा भने छैन । यद्यपि साम्बाहाम्फे कांग्रेस र एमालेसँग प्रतिस्पर्धा गर्न बलियो प्रतिद्धन्दी नभए पनि उनले कसको भोट आफूतिर तान्ने हुन् भन्नेमा ठूला दल सशंकित छन् ।
यसै गरी नयाँ शक्तिका रुपमा उदाएका रास्वपाका उम्मेदवार गणेश कार्कीको भने मोरङ ३ मा खासै चर्चा छैन । केन्द्रीय स्तरमा कार्की चर्चित अनुहार भए पनि मोरङ ३ मा भने उनको चर्चा त्यति धेरै छैन ।
चुनावी अभियानकै क्रममा देशभरका जिल्ला जिल्ला पुगिरहेका रास्वपाका वरिष्ठ नेता बालेन शाह मोरङको क्षेत्र नम्बर ३ मा पनि पुगेका थिए । त्यहाँ उनले गणेश कार्कीसँग समेत भेट गरेका थिए । बालेनका विश्वासपात्रसमेत रहेका कार्कीमार्फत रास्वपाले यसपटक पूर्वी नेपालबाट राजनीतिक उदय गर्ने योजनासमेत अगाडी बढाएको छ। त्यसैकारण बालेन र कार्की चुनावी रणनीति बनाउन समेत सक्रिय देखिन्छन् ।
संगठन बिस्तार, युवा र वैकल्पिक धारका मतदातालाई केन्द्रमा राख्दै पूर्वबाट राष्ट्रिय राजनीति प्रभावित पार्ने रणनीतिमा रास्वपा जुटेको छ। कार्की मोरङको पथरी शनिश्चरे नगरपालिकाका स्थानीय हुन् । कार्कीलाई भेट गरेपछि बालेनले स्थानीयलाई कार्कीलाई बहुमतका साथ जिताउन अपिल पनि गरे । तर देशका अन्य क्षेत्रमा रास्वपा र बालेनको प्रभाव जति छ, मोरङ ३ मा भने उनीहरुको प्रभाव अन्य क्षेत्रको तुलनामा कम नै रहेको छ ।
७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको यस क्षेत्रको निर्वाचन निकै रोचक हुने देखिन्छ । २०७९ को निर्वाचनमा पहिलो नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले, तेस्रो राप्रपा भएको उक्त क्षेत्रमा रास्वपा चौथो पार्टी बनेको थियो । यद्यपि राजनीतिको खेलमा कसको पल्ला कति खेर भारी हुने हो, कसले कुनबेला बाजी मार्ने हो अहिले नै यसै भन्न सकिँदैन ।
समानुपातिकका कसले कति मत पाएका थिए ?
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा समानुपातिकतर्फ कुल ९३ हजार २ सय ७१ मत खसेको थियो ।
प्रत्यक्षतर्फ जितेको नेपाली कांग्रेस २९ हजार ८ सय ५९ मतसहित समानुपातिकतर्फ पनि पहिलो दल बनेको थियो । २५ हजार २८ मत पाएर नेकपा एमाले दोस्रो हुँदा प्रत्यक्षतर्फ चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ तेस्रो मत प्राप्त गरेको थियो । त्यहाँ रास्वपाले १४ हजार ४ सय ८ मत ल्याएको थियो । ९ हजार ३ सय ७२ ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चौथो भएका थियो । त्यसैगरी तत्कालीन नेकपा माओवादी केन्द्र हाल (नेपाल कम्युनिष्ट पार्टी)ले ४ हजार ६ सय मत ल्याएर पाँचौ भएको थियो । मधेशी समुदायको बाहुल्यता रहे पनि मोरङ–३ मा मधेशवादी दलले भने न प्रत्यक्ष, न समानुपातिक दुवैतर्फ थोरै मत मात्रै पाएका थिए । मधेशी समुदायको बाहुल्यता रहेको मधेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ सय ८३ मत प्राप्त गर्दा अन्य दलहरुले भने थोरै मत मात्रै प्राप्त गरेका थिए ।

देशैभरका मतदाताहरूमा चरम असन्तुष्टि र परिवर्तनको चाहना व्यापक देखिएको छ । समग्रमा बुझ्ने हो भने यस क्षेत्रमा मतदाताको झुकाव कांग्रेसका उम्मेदवार शर्माप्रति भए पनि नयाँ र पुराना पार्टीहरूबिच कसलाई रोज्ने भन्ने अझै अन्योलता छ ।
तर प्रतिनिधि जुनसुकै पार्टीको होस् काम गर्ने, बाटो कालेपत्रे गर्ने, पुल र अस्पतालको समस्यालाई सामाधान गर्ने नेतालाई प्रथमिकता दिने भन्ने चेतना विकास भएको मतदाताको संख्या यस क्षेत्रमा पनि देखिन्छ ।
तर जे होस् आमजनमानसमा उत्सुकता त बढाएकै छ । अरु जिल्लाको माहोल तातेझै मोरङमा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसपटकको प्रतिस्पर्धा बहुपक्षीय हुने देखिए पनि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा फेरि नेपाली कांग्रेस–एमाले–नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायतका पूराना दलहरुसँग नयाँ आएका दलहरुको भीडन्त हुने देखिन्छ ।
आफ्नो राजनीतिक एजेण्डा स्थापित गराउन नयाँ दल र अनुहारहरुलाई जित्नै पर्ने दबाब देखिन्छ भने पूराना भनिएका राजनीतिक दलहरुलाई आफ्नो विरासत जोगाउनुपर्ने दबाब उत्तिकै छ । जेनजी विद्रोहपछि हुन लागेको आम निर्वाचन, पूराना भनिएका दलहरुले काम गरेनन् भनेर आम मतदाताको भोट तानिरहेका नयाँ दलहरु । यता जेनजी विद्रोहपछि आफूहरु सुधारिएर आएका छौँ भन्ने कांग्रेस लगायतका दलहरु । आ–आफ्नै एजेण्डाबाट जनताको मत प्राप्तीका लागि लागेका दलहरुमध्ये जनताले त्यहाँ नयाँ रोज्छन् या पूरानाहरुलाई पुनः भरोसा गर्छन् त्यो भने हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया