अमेरिका र भारतबिच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा

लोकपथ
119
Shares

काठमाडौं । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ फेब्रुअरीमा भारतसँग सम्झौता भएको जानकारी दिए पनि विस्तृत विवरण त्यसबेला सार्वजनिक गरिएको थिएन ।

अहिले दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौता औपचारिक बनाएको बताएका छन् । सम्झौताअनुसार, भारतले अमेरिकाबाट आयात हुने वस्तुमा लगाइएको ५० प्रतिशत आयात शुल्क (ट्यारिफ) घटाएर १८ प्रतिशतमा झार्नेछ ।

भारतका वाणिज्य मन्त्री पीयूष गोयलका अनुसार, यस सम्झौताले भारतीय निर्यातकर्ताहरूलाई लगभग ३० ट्रिलियन डलर (४३३ खर्ब रुपैयाँ) बराबरको बजार खोल्नेछ ।

ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशअनुसार, भारतले रुसी तेलको आयात रोक्ने, अमेरिकी ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा सहयोग बढाउने प्रतिबद्धता जनाएको छ ।

सम्झौताअनुसार अमेरिकी–भारतीय व्यापारमा ‘रेसिप्रोकल ट्यारिफ’ घटाइने छ र भारतीय उत्पादनमा ट्यारिफ १८ प्रतिशत कायम रहनेछ । यससँगै अन्तरिम व्यापार सम्झौताको आधारभूत रूपरेखा र केही सर्तहरू तय भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?