काठमाडौं । प्रख्यात गायकसंगीतकार तथा सांस्कृतिक आइकन कालीप्रसाद बास्कोटाले सीजी मोटर्सको इलेक्ट्रिक एसयूभी एक्सपिङ जी-६ रोजेका छन् ।
एक्सपिङ जी-६ को आधिकारिक ब्रान्ड एन्डोर्सर बनेका बास्कोटाको छनोटले नवप्रवर्तन, सृर्जनशीलता र भविष्यकेन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणलाई दर्साउने कम्पनीले जनाएको छ ।
बास्कोटा परम्परागत नेपाली संगीतलाई आधुनिक शैलीसँग जोड्दै आएका नयाँ पुस्ताका सर्जक हुन् ।
एसईपीए २.० प्लेटफर्ममा निर्माण गरिएको एक्सपिङ जी-६मा स्लिक कुपे–एसयूभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट-जेनेरेसन प्रविधि समावेश छ ।
उच्च क्षमताको ब्याट्री र ८००–भोल्ट चार्जिङ आर्किटेक्चरले करिब ५७० किलोमिटर ड्राइभिङ रेन्ज दिने जनाइएको छ । २९६ पीएस मोटर र ४४० एनएम टर्कसहित यो प्रिमियम इलेक्ट्रिक एसयूभीले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्छ ।
डिजिटल ककपिट, ठूलो टच स्क्रिन, भ्वाइस-कन्ट्रोल, एडभान्स ड्राइभर–असिस्टेन्स सिस्टम र आरामदायी इन्टेरियरले एक्सपिङ जी–६ लाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड बनाएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया