अमेरिका र भारतबिच नयाँ व्यापार सम्झौता : ट्रम्पद्वारा भन्सार महशुल घटाउने घोषणा

लोकपथ
224
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको मित्रता र आपसी सम्मानका आधारमा भारतमाथि लगाउँदै आएको २५ प्रतिशतको तथाकथित ‘पारस्परिक भन्सार महशुल’ घटाएर १८ प्रतिशतमा झार्ने निर्णय गरिएको बताएका छन् ।

सम्झौताअनुसार भारतले पनि अमेरिकाविरुद्ध लागू गरिएका भन्सार तथा गैर–भन्सार अवरोधहरू पूर्ण रूपमा हटाउने सहमति जनाएको छ । यसलाई दुई देशबीचको व्यापार सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यसैगरी, प्रधानमन्त्री मोदीले ‘बाई अमेरिकन’ नीतिप्रति प्रतिबद्धता जनाउँदै ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी उत्पादनहरू खरिद गर्ने सहमति जनाएका छन् ।

राष्ट्रपति ट्रम्पका अनुसार भारतले अब रुसी तेल खरिद बन्द गर्ने र त्यसको सट्टा अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट तेल आयात गर्ने निर्णय गरेको छ । यसअघि भारतले रुसी तेल खरिद गरेको आरोप लगाउँदै अमेरिकाले उसमाथि अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।

नयाँ सम्झौतासँगै अमेरिका–भारत व्यापार सम्बन्धमा नयाँ चरण प्रवेश गरेको विश्लेषकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?