काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्नका लागि ह्वाइट हाउसले गोप्य रूपमा समयसीमा (डेडलाइन) तोकेको सङ्केत गरेका छन् । तर, सो समयसीमाबारे सार्वजनिक रूपमा खुलाउन उनले अस्वीकार गरेका छन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा इरानलाई कुनै समयसीमा दिइएको हो कि होइन भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले ‘त्यो कुरा हामीलाई मात्र पक्का थाहा छ भन्दै स्पष्ट विवरण दिन चाहेनन् ।
त्यस्तै, मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति घटाउने विषयमा पेन्टागनसँग कुनै निश्चित समयतालिका छ कि भन्ने प्रश्नमा उनले हामी त्यसबारे हेर्नेछौँ मात्र भने ।
ट्रम्पको यो पछिल्लो टिप्पणी वाशिङ्गटनले इरानमाथि सैन्य दबाब बढाइरहेका बेला आएको हो । डिसेम्बर २०२५ को अन्त्यदेखि इरानमा देशव्यापी अशान्ति फैलिएको पृष्ठभूमिमा अमेरिकाले कडा नीति अपनाउँदै आएको छ ।
यसैबिच, इरानी राष्ट्रपति मसूद पेजेस्कियानले तेहरान सधैँ विवाद समाधानका लागि संवाद र सहकार्यको बाटोमा विश्वास गर्ने बताउँदै आफूहरू युद्ध नचाहने स्पष्ट पारेका छन् ।
उनले पश्चिमी देशहरूको आलोचना गर्दै उनीहरूको व्यवहारले कूटनीति र अन्तर्राष्ट्रिय कानुनप्रति वास्तविक प्रतिबद्धताको अभाव देखाएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया