थाइल्याण्डको चियाङ माईमा सैन्य विमान दुर्घटना : दुई जनाको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । थाइल्याण्डको चियाङ माईमा तालिमका क्रममा एउटा सैन्य विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

थाइल्याण्डको चियाङ माई प्रान्तस्थित चोम थोङ जिल्लामा बिहीबार एउटा सैन्य विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

यो दुर्घटना स्थानीय समयअनुसार बिहीबार बिहान करिब १०ः३० बजे विमानले उडान तालिम अभियान सञ्चालन गरिरहेको बेला भएको थियो । 

दुर्घटना स्थलमा आपतकालीन उद्धार टोलीहरू खटाइएको छ र दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?