कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

लोकपथ
189
Shares

काठमाडौं । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।

सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी साटेनाले सञ्चालन गरेको विमान दुर्घटनामा परेको हो । कम्पनीका अनुसार दुर्घटनास्थलमा तत्काल उद्धार टोली पठाइएको थियो ।

विमान एचके–४७०९ स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ बजे राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो । पहाडी क्षेत्रले घेरिएको ओकाना पुग्न उक्त उडानको समय सामान्यतया करिब ४० मिनेट रहने गर्दछ ।

एयरलाइन्सका अनुसार सानो आकारको उक्त विमानमा दुई जना चालक दलका सदस्यसहित १३ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?