नेपाः एप सार्वजनिक : स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !

लोकपथ
91
Shares

काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपाः एप सार्वजनिक गरिएको छ ।

डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्तामैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपाः एप विशेष बनेको छ । स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ ।

नेपाः एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्ग सहित) उपलब्ध छ । साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम (Near by News) तुरुन्तै प्राप्त गर्न सकिन्छ ।

यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने व्यवस्था छ । मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स पनि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा समाचार, सूचना र मनोरञ्जनको अनुभव दिन्छ ।

डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपास् एप एक प्रभावकारी समाधानका रूपमा आएको छ । एप सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्नेछन् । नेपाः एप अहिले नै डाउनलोड गरेर नेपाली समाचार, रेडियो र डिजिटल सामग्रीको सहज अनुभव लिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?