क्यानडाले चीनसँग व्यापार गरे १०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी 

लोकपथ
91
Shares

काठमाडों । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाका सामानमाथि १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । 

‘यदि क्यानडाले चीनसँग सम्झौता गर्‍यो भने, क्यानडाबाट आउने सबै सामग्रीमा अमेरिकाले १०० प्रतिशत कर वृद्धि गर्नेछ,‘ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा भनेको सम्झौता कुन हो भनेर स्पष्ट छैन । गत साता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग रणनीतिक साझेदारी को घोषणा गरे र कर वृद्धि घटाउन सहमति जनाए । 

ट्रम्पले त्यति बेला उक्त कदमलाई राम्रो कुरा भनेका थिए । तर हालैका दिनहरूमा अमेरिका र क्यानडाबिचको तनाव बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?