पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रिया छिटो अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सरकारलाई यो प्रक्रिया द्रुत गतिमा अघि बढाउन निर्देशन दिएको बताएका छन् ।
राष्ट्रपति म्याक्रोँले बीएफएम टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा आगामी शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि यस प्रतिबन्ध लागू गर्ने योजना रहेको बताए । फ्रान्सेली संसदमा यो विषयमा विधेयकको मस्यौदा सोमबार पेश गरिनेछ ।
यस प्रतिबन्धले इन्स्टाग्राम, टिकटक, युट्युब जस्ता प्लेटफर्ममा १५ वर्षभन्दा कम उमेरका बालबालिकाको पहुँच रोक्नेछ । यसअघि, अस्ट्रेलियाले गत महिना १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालबाट प्रतिबन्धित गर्ने कानुन पारित गरेको थियो ।
म्याक्रोँले विद्यालयमा विद्यार्थीले मोबाइल फोन राख्नमा पनि प्रतिबन्ध लगाउने पक्षमा समर्थन जनाउँदै भने, ‘हाम्रा बालबालिका र किशोरकिशोरीको दिमाग बेच्न वा चलाउन अमेरिकी वा चिनियाँ प्लेटफर्मलाई अवसर दिइरहनु हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया