अस्ट्रेलियामा गोली हानाहान : तीन जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको जनाइएको छ ।

एनएसडब्ल्यू प्रहरीले विज्ञप्ति जारी गर्दै आपतकालीन सेवाहरूको सहयोगमा सिडनीको ४५० किलोमिटर पश्चिमको सानो शहर कार्गेलिगो तालमा गोली हानाहान भएकोे घटनास्थलमा सुरइाा तैनाथ गरिएको जनाएको छ ।

गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जना व्यक्तीलाई गम्भिर अवस्थामा अस्पताल लगिएकोसमे प्रहरीले जनाएको छ ।

प्रहरीले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन र स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।

बन्दुकधारी ‘संदिग्ध घरेलु हिंसा आक्रमण’ पछि हतियार लिएर सहरमा छिरेको विश्वास गरिएको सिडनी मर्निङ हेराल्ड अखबारले जनाएको छ ।

प्रहरीले बन्दुकधारीलाई पत्ता लगाउन खोजी गरिरहेको अखबारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?