ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्बिर सार्वजनिक

लोकपथ
140
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर पोस्ट गरेका छन् ।

उक्त तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन् । नजिकै राखिएको संकेतपत्रमा ‘ग्रिनल्याण्ड अमेरिकी भू-भाग, स्थापना २०२६’ लेखिएको छ ।

त्यसै दिन, ट्रम्पले अर्को तस्बिर पनि सार्वजनिक गरेका थिए, जसमा उनी ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेट गरिरहेको देखिन्छ । उनको पछाडि राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएला अमेरिकी झण्डा मुनि देखाइएको छ ।

ट्रम्पले ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको विषयमा नाटो महासचिव मार्क रुटसँग टेलिफोन वार्ता पनि गरेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?