ट्रम्प जी–७ आपतकालीन शिखर सम्मेलनमा सहभागी नहुने

लोकपथ
119
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले प्रस्ताव गरेको जी–७ को आपतकालीन शिखर सम्मेलनमा आफू सहभागी नहुने बताएका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) भ्रमणअघि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डाभोस भ्रमणका क्रममा आफ्ना धेरै महत्त्वपूर्ण बैठकहरू तय भइसकेको जानकारी दिए । ती बैठकहरूमा ग्रीनल्याण्डसँग सम्बन्धित विषयमा पनि छलफल हुने उनले बताए ।

अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्ने सम्झौता नभएसम्म युरोपेली देशहरूमाथि थप कर लगाउने चेतावनी दिएपछि युरोपेली नेताहरूसँग तनाव बढिरहेको छ । यही पृष्ठभूमिमा ट्रम्पले आफू प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूसँगै बैठकहरू गर्नुपर्ने भएकाले जी–७ शिखर सम्मेलनमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?