ग्रिनल्याण्ड अमेरिकामा गाभ्ने ट्रम्पको अडान, समर्थन नगरे भन्सार बढाउने चेतावनी

लोकपथ
105
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्वाकांक्षी योजनामा नयाँ मोड ल्याएका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी लक्ष्यमा कुनै पनि राष्ट्रले अवरोध गरेमा वा समर्थन नगरेमा ती देशहरूमाथि अमेरिकाले भारी भन्सार शुल्क लगाउने चेतावनी दिएका हुन् ।

ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक भौगोलिक अवस्थिति र त्यहाँ रहेका प्रशस्त प्राकृतिक स्रोतहरू अमेरिकाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई अमेरिकी क्षेत्रमा गाभ्ने चाहना व्यक्त गर्दै आएका छन् । उनका अनुसार ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षा र दीर्घकालीन हितसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।

तर डेनमार्क सरकार र ग्रिनल्याण्डका स्थानीय अधिकारीहरूले यस प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गर्दै ग्रिनल्याण्ड बिक्रीका लागि उपलब्ध नभएको दोहोर्‍याएका छन् । उनीहरूले ग्रिनल्याण्डको भविष्य त्यहाँका जनताले नै निर्धारण गर्ने बताउँदै आएका छन् ।

ट्रम्पको पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय कूटनीति र विश्व व्यापारिक सम्बन्धमा थप तनाव सिर्जना गर्ने विश्लेषण गरिएको छ । आलोचकहरूले भने व्यापार र भन्सारलाई कूटनीतिक दबाबको साधन बनाउने ट्रम्पको पुरानै शैलीको निरन्तरता भएको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?