काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित अफगानिस्तान, इरान, रुस, सोमालिया लगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णय आगामी जनवरी २१ देखि लागू हुने जनाइएको छ ।
विदेश मन्त्रालयका अनुसार प्रभावित देशका नागरिकहरूले अमेरिका पुगेपछि सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम उठाइएको हो । मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई ती देशबाट आउने आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ ।
विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको मन्त्रालयले यो निर्णय गत नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुसार लिएको जनाएको छ । उक्त आदेशले अमेरिकी सरकारमाथि सम्भावित आर्थिक भार पर्न सक्ने आप्रवासीहरूका लागि नियमहरू कडा बनाएको थियो । अमेरिकी प्रशासनले यसअघि करिब ४० देशमा यस्तै यात्रा र अध्यागमन प्रतिबन्ध लगाइसकेको छ ।
विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको स्रोतको दुरुपयोग गर्दै अध्यागमन प्रणालीको गलत प्रयोग गर्ने अभ्यास अन्त्य गर्दैछ। यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म स्थगित रहनेछ जबसम्म प्रवेश प्रक्रियाको पुनः मूल्याङ्कन हुँदैन ।’
स्थगनको दायरामा परेका देशहरूमा नेपाल, अफगानिस्तान, इरान, रुस, सोमालिया, बंगलादेश, भुटान, पाकिस्तान, थाइल्याण्ड लगायत ७५ देश रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया