टर्किएद्वारा सिरियालाई सैन्य सहयोगको प्रस्ताव : एक राज्य, एक सेनाको सिद्धान्तमा जोड

लोकपथ
98
Shares

काठमाडौं। टर्किएले आवश्यक परेमा सिरियाली सेनालाई सहयोग गर्ने स्पष्ट संकेत गरेको छ । सिरियामा सरकारी सेना र कुर्दिश नेतृत्वको सिरियाली लोकतान्त्रिक बल (एसडीएफ) बिच जारी भिडन्त तेस्रो दिनमा प्रवेश गरेको छ ।

टर्किएका रक्षा मन्त्रालयका प्रवक्ता जेकी अकतर्कले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘हामी सिरियाको एकता र क्षेत्रीय अखण्डताको समर्थन गर्दछौँ र आतंकवादी संगठनविरुद्धको संघर्षमा आवश्यक सहयोग उपलब्ध गराउन तयार छौँ। यदि सिरियाले अनुरोध गर्‍यो भने हामी सहयोग प्रदान गर्नेछौँ ।’

प्रवक्ता अकतर्कले टर्किएले एक राज्य, एक सेनाको सिद्धान्तलाई सिरियाको सुरक्षाको आधार मान्दै उक्त क्षेत्र नजिकबाट निगरानी गरिरहेको जानकारी दिएका छन् । 

टर्किएले अमेरिका समर्थित एसडीएफलाई आतंकवादी समूहको रूपमा हेर्छ र यसलाई प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को अंग मान्दछ ।

एसडीएफलाई सिरियाली राष्ट्रिय सेनामा समाहित गर्ने प्रयास असफल भएपछि तनाव बढेको थियो । झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौँ नागरिक विस्थापित भएका छन् । दुवै पक्षले एक अर्कामाथि हिंसा र सर्वसाधारणलाई जोखिममा पार्ने आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?