भेनेजुयलामाथिको कदमविरुद्ध विश्वभर अमेरिकाको आलोचना

लोकपथ
133
Shares

काठमाडौं । अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमणका विरुद्ध यतिबेला विश्वभरबाट निन्दा र आमेरिकाको आलोचना भइरहेको छ ।

शनिबार बिहानै अमेरिकाले राजधानी काराकसमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको थियो ।

भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ । धेरै देशमा अमेरिकाको उक्त कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् ।

अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना खुल्दैछ । यद्यपि उनीहरूले लागुऔषध ओसारपसार विरुद्ध लड्ने लक्ष्य राखेको दाबी गरे पनि उनीहरूको मनसाय स्पष्ट छ ।

अमेरिकाले लामो समयदेखि भेनेजुयलाको खनिज सम्पत्ति दोहन गर्न चाहिरहेको दाबी गरिएको छ ।

त्यसो त अमेरिका र भेनेजुयलाबिचको सम्बन्ध ह्युगो चाभेजको पालादेखि नै तनावपूर्ण रहँदै आएको छ । अमेरिकाले भेनेजुयलाको समाजवादी सरकारलाई अधिनायकवादी भन्दै कडा आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ भने भेनेजुयलाले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको र शासन परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै आएको छ ।

विशेष गरी तेल र खनिज स्रोतहरूमाथिको नियन्त्रणको विषय यो द्वन्द्वको मुख्य कारण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?