दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमण, तीन जनाको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । लेबनानको सिदोन जिल्लामा इजरायली ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार, अकतनित–कुनेइत्रा–मामारियाह सडकमा गाडीमाथि गरिएको आक्रमणमा सवार तीनै जना मारिएका हुन् ।

सार्वजनिक स्वास्थ्य मन्त्रालयको आपत्कालीन सञ्चालन केन्द्रले आक्रमण र मृत्युको पुष्टि गरेको छ । मृतकको नाम हसन इसा, अली अब्दल्लाह र मुस्तफा बल्लुत रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। स्रोतले उनीहरूको पार्टीसँगको सम्बन्धबारे जानकारी दिन अस्वीकार गरेको छ ।

इजरायली सेनाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा, इजरायल रक्षा बल (आईडीएफ) ले सिदोन क्षेत्रमा हिजबुल्लाहसँग सम्बन्धित केही आतंककारीलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्। 

हिजबुल्लाह र इजरायलबिच सन् २०२४ नोभेम्बर २७ देखि युद्ध विराम लागू भए पनि इजरायलले कहिलेकाहीँ आक्रमण जारी राख्दै आएको छ ।

यो महिनाको सुरुमा दक्षिण लेबनानको नाकौरामा पहिलो प्रत्यक्ष वार्ता भएको थियो, जसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुवै देशबिच सम्बन्ध र आर्थिक सहयोगको आधार तयार पार्ने प्रयास भनेका थिए । गत शुक्रबार पनि सुरक्षा संवाद भएको थियो, जसमा हिजबुल्लाहको निरस्त्रीकरण र दक्षिणी सीमा गाउँमा बासिन्दाहरूको फिर्ती मुख्य विषय बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?