काठमाडौं । काठमाडौंको हात्तीसारमा रहेको रुप्से होलिडेजले विश्वकप टी-२० र मुम्बई टुरको संयुक्त प्याकेज सार्वजनिक गरेको छ । होलिडेजले आगामी आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को नेपालले खेल्ने लाइभ म्याच हेर्ने र मुम्बई घुम्ने संयुक्त प्याकेज सार्वजनिक गरेको हो ।
आईसीसी टी ट्वान्टी वर्ल्ड कपको समूह चरणको खेलमा नेपालले इंगल्याण्ड, वेस्ट इन्डिज र र बंगलादेशसँग मुम्बईमा प्रतिस्पर्धा गर्दैछ । सोही प्रतियोगितालाई लक्षित गर्दै रुप्सेले क्रिकेटसँगै घुमघामका लागि मुम्बई टुरको प्याकेज सार्वजनिक गरेको हो ।
रुप्सेको यस टुरमा सहभागी हुनेले विश्वकप टी-२० म्याच लाइभ हेर्न पाउनेछन् भने मुम्बई समेत घुम्नेछन् ।
प्याकेज अन्तर्गत ग्राहकहरूले फेब्रुअरी ८ मा हुने नेपाल र इंग्ल्याण्डबिचको खेल, फेब्रुअरी १५ मा हुने नेपाल र वेस्ट इन्डिजबिचको खेल र फेब्रुअरी १७ मा हुने नेपाल र बंगलादेशबिचको खेल प्रत्यक्षरुपमा स्टेडियममै गएर हेर्न पाउनेछन् ।
नेपालले खेल्ने विश्वकप क्रिकेटको खेल प्रत्यक्षरुपमा हेर्दै मुम्बई सहरको घुमघाम समेत गराउने रुप्सेले जनाएको छ । ११ दिन मुम्बईमै बस्न नसक्न पर्यटकका लागि फेब्रुअरी ८ मा हुने म्याच र अन्य ३ दिन घुमघाम गरी फर्कन सकिनेछ भने फेब्रुअरी १५ र १७ मा हुने खेल हेर्ने पर्यटकका लागि सोही अनुसारको प्याकेज तयार पारिने रुप्सेले जनाएको छ ।

आउटबाउन्ड टुरका लागि परिचित रहेको रुप्से होलिडेज नेपाली क्रिकेटसँग प्रत्यक्ष जोडिने गरेको छ । होलिडेजले यसअघि पनि नेपाली क्रिकेट टोलीको श्रीलंकामा भएको सहभागितामा नेपाली खेलप्रेमीलाई श्रीलंकाको भ्रमण र खेल हेर्ने व्यवस्था मिलाएको थियो । त्यसबाहेक नेपाली क्रिकेटलाई रुप्सेले सहयोग समेत गर्ने गरेको छ ।
क्रिकेट र मुम्बई टुरको यो प्याकेजलाई रुप्सेले ऐतिहासिक अवसर भन्दै यो नेपालकै सबैभन्दा ठुलो क्रिकेट टुर रहने पनि जनाएको छ । यो प्याकेजमा लाइभ म्याच हेर्नका लागि रंगशालाको टिकट, हवाई टिकट, मुम्बईको टुर, होटेल तथा अन्य आवश्यक प्रबन्ध गरिने रुप्सेले जनाएको छ ।
यस सम्बन्धमा थप जानकारी लिन र अग्रिम टिकट बुकिङ गर्न काठमाडौंको हात्तीसारस्थित कार्यालयमा सम्पर्क गर्न सकिने रुप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया