काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक जिएसीको आयोन भी कारले अस्ट्रेलियामा समेत एनक्याप फाइभ स्टार रेटिङ प्राप्त गरेको छ । आयोन भीले हालसालै अस्ट्रेलियाको कार मूल्यांकन कार्यक्रम (एनक्याप)को फाइभ स्टार रेटिङ प्राप्त गरेको हो ।
एनक्याप रेटिङ मुख्यतः सुरक्षासँग सम्बन्धित विषय हो । अस्ट्रेलियाको एनक्यापको फाइभ स्टार रेटिङले सवारीसाधन युरोपेली बजारमा समेत चलाउनका लागि योग्य र सुरक्षित छ भन्ने प्रमाण पेस गर्दछ । जिएसीको आयोन भी ले पाएको यो रेटिङले यो कार पनि सुरक्षित छ भन्ने प्रमाण पुष्टि गरेको दाबी गरेको छ । जबकि यसअघि नै आयोन भी ले युरो एनक्यापको फाइभ स्टार रेटिङ प्राप्त गरिसकेको छ ।
कसरी हुन्छ एनक्यापको मापन ?
एनक्यापले कुनै पनि सवारीसाधनको रेटिङ वा मापन गर्नुभन्दा पहिले मुख्यतः चार विधामा यसको मापन गर्ने गर्दछ । यसले वयस्क यात्री सुरक्षा, बालबच्चा यात्री सुरक्षा, सडक प्रयोगकर्ताको सुरक्षा र सुरक्षा सहायक प्रणालीको मापन गरेर रेटिङ गर्ने गर्दछ । आयोन भी ले यी सबै क्षेत्रमा सन्तुलित र उत्कृष्ट प्रदर्शन गरेपछि एनक्यापले फाइभ स्टार रेटिङ पाएको हो ।
एनक्यापको यो रेटिङ सेप्टेम्बर २०२५ देखि उत्पादन भएका सबै आयोन भी कारका मोडलहरूमा लागू हुने र डिसेम्बर २०३१ सम्म कायम रहने एनक्यापले जनाएको छ ।
आयोन भी को मूल्यांकनका क्रममा यसले बलियो र सुरक्षित प्रदर्शन गरेको दाबी गरिएको छ ।
चेकजाँचका क्रममा यसको वयस्क सवार सुरक्षा मा ८८ प्रतिशत अंक प्राप्त गरेको छ । यसले अगाडिबाट भएको टकराब र छेउबाट भएको टकराब (साइड इम्प्याक्ट) जस्ता कठोर परीक्षणहरूमा उत्कृष्ट सुरक्षा प्रदान गरेको छ ।
यसको शरीरको ढाँचाले टकराबको झट्कालाई सहजै सहने गरी बनाइएको पाइएको छ, जसले यात्रीहरूको सुरक्षालाई थप मजबुत बनाएको दाबी गरिएको छ।

त्यसै गरी बालबच्चाको सुरक्षामा ८७ अंक प्राप्त गरेको छ । बालबच्चाको सुरक्षाको लागि गरिएको परीक्षणमा अगाडि र छेउबाट टकराब दिँदा आयोन भीले पूर्ण अंक प्राप्त गरेको थियो ।
त्यस्तै सडक प्रयोगकर्ता सुरक्षामा ७९ अंक प्राप्त गरेको छ । आयोन भीको बनोट र बोनटले पैदलयात्री वा साइकल चालकसँग टकराब भएमा पनि चोटको जोखिम घटाउने डिजाइन गरिएको पाइएको थियो ।
यसको इमर्जेन्सी ब्रेकिङ प्रणालीले मोटरसाइकल चालकलाई पनि पहिचान गर्न सक्ने र आवश्यकतामा तत्काल ब्रेक लाग्ने बनाइएको पाइएको थियो ।
त्यसै गरी अन्य सुरक्षामा दुर्घटना हुनबाट रोक्ने उन्नत प्रणालीहरू रहेको पाइएको छ । यसमा अटोमेटिक इमर्जेन्सी ब्रेक, लेन डिपार्चर वार्निङ, लेन कीप असिस्ट, ड्राइभरको थकान वा असमर्थता पत्ता लगाउने प्रणाली र गतिमा संकेत पढ्ने प्रणाली समावेश भएको छ ।
के के छन् सुविधा ?
आयोन भी कारमा १ सय किलोवाट क्षमताको मोटर, ६ वटा एयरब्याग, लेन असिस्ट, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतको सुविधा रहेको छ । यस्तो सुविधाले नेपाल जस्तो सडक सुरक्षा ठूलो चुनौती रहेको देशमा उच्च सुरक्षा मानक भएकाले अति उपयोगी रहेको दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया