काठमाडौं । सुडानमा संयुक्त राष्ट्र शान्ति मिसनमा खटिएका बंगलादेशका ६ जवानको मृत्यु भएको छ भने आठजना घाइते छन् ।
सुडानको अबेई क्षेत्रस्थित राष्ट्रसंघको एक बेसमा भएको आक्रमणमा यो हताहती भएको हो ।
बंगलादेशको रक्षा मन्त्रालयको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले आफ्नोतर्फ भएको हताहतीबारे जानकारी दिँदै त्यस क्षेत्रमा लडाइँ अझै जारी रहेको जनाएको छ ।
राष्ट्रसंघ मिसनमा एक प्रमुख योगदानकर्ता राष्ट्र बंगलादेशमा सेना, नौसेना, वायुसेना र प्रहरी गरी हजारभन्दा बढी जनशक्ति युद्धग्रस्त अफ्रिकी देशमा तैनाथ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया