अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण रोक

लोकपथ
98
Shares

काठमाडौं । अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ । यसका साथसाथै अस्ट्रेलिया यस्तो प्रकारको कानुन ल्याउने विश्वकै पहिलो देश बनेको छ ।

नयाँ प्रावधानअनुसार अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले टिकटक, इन्स्टाग्राम, युट्युब, फेसबुकलगायतका प्लेटफर्म खोल्न वा प्रयोग गर्न पाउने छैनन् ।

सरकारले बालबालिकाको मानसिक स्वास्थ्य, गोपनीयता र अनलाइन सुरक्षालाई सुरक्षित राख्ने उद्देश्यले यो कदम चालेको जनाएको छ । नियम उल्लंघन गर्ने कम्पनीहरूलाई भारी जरिवाना तिर्नुपर्ने चेतावनी दिइएको छ ।

नोभेम्बर २०२४ मा पारित कानुनअनुसार, प्रतिबन्ध तोड्ने कम्पनीमाथि ४ करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिबाना लाग्न सक्छ । 

अस्ट्रेलियाको यो कडा नियमले विश्वभरका देशहरूलाई बालबालिकाको अनलाइन सुरक्षाबारे थप गम्भीर भएर सोच्न प्रेरित गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?