‘एआईका कारण समाचारको मूल्यमान्यता नै मर्‍यो’

लोकपथ
105
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण समाचारको मूल्य र मान्यता मरेको टिप्पणी गरेकी छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको उनको भनाइ छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने हो भन्ने अनिश्चितता बढाएको बताइन् ।

उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’

पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको उल्लेख गर्नुहुँदै सचिव अर्यालले सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?