भारतको नाइट क्लबमा सिलिन्डर विस्फोट : २५ को मृत्यु, ६ घाइते

लोकपथ
427
Shares

काठमाडौं । भारतको गोवा प्रदेशमा पर्ने अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा भएको सिलिन्डर विस्फोटमा मृत्यु भएकाको संख्या २५ पुगेको छ । मृतकमा ४ पर्यटक र १४ जना कर्मचारी भएको खुलेको छ । यस्तै अन्य ७ जनाको पहिचान हुन सकेको छैन । अहिलेसम्म मृतकको नाम गरिएको छैन ।

शनिबार मध्यराति भएको सो घटनामा ६ जना घाइते भएका छन् ।  

शक्तिशाली विस्फोटका कारण आगो केही मिनेटमै क्लबभरि फैलिएको थियो । लामो प्रयासपछि दमकलले आगो नियन्त्रणमा ल्याउन सफल भएको थियो ।

प्रारम्भिक अनुसन्धानले क्लबमा अग्निसुरक्षा नियम पालना नगरिएको देखाएको छ । फोरेन्सिक (एफएसएल) टोलीले आगलागीको कारण अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?