काठमाडौं । हङकङको ताई पोमा रहेको बहुअङ्गी भवनमा भीषण आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । आगो सातवटा भवनमा फैलिएको बताइएको छ ।
स्थानीय मिडियाका अनुसार, आगो ठुलो आवासीय परिसर वाङ फुक कोर्टको ३२ तले वाङ चेओङ हाउसमा लागेको थियो, जुन मर्मतसम्भारको अवस्थामा थियो । आगलागीका कारण धेरै मानिसहरू भवन भित्र फसेका थिए भने हालसम्म २७९ जना बेपत्ता रहेका छन् ।
अग्नि सेवा विभागले आगो नियन्त्रणमा ल्याउन १२८ दमकल, ५७ एम्बुलेन्स र करिब ८८८ उद्धारकर्ताहरू परिचालन गरिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, आगो परिसर बाहिरको बाँसको मचानबाट फैलिएको हुनसक्ने संकेत भेटिएको छ ।
वाङ फुक कोर्टमा ४ हजारभन्दा बढी बासिन्दा बस्छन्, जसमा अधिकांश ६५ वर्षमाथिका वृद्ध वृद्धा रहेका छन् । ताई पो, हङकङको उत्तरी भागमा पर्दछ र प्रमुख चिनियाँ शहर शेन्जेनसँगको सिमानामा छ ।
यो आगलागी हङकङमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठुलो आवासीय आगलागीमध्ये एक मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया