इजरायलद्वारा वेस्ट ब्याङ्कबाट ५० जना प्यालेस्टिनी पक्राउ

लोकपथ
203
Shares

काठमाडौं । इजरायली कब्जा बल (आइओएफ) ले मंगलबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए)को रिपोर्ट अनुसार कल्किल्याको पूर्वमा रहेको अजुन शहरमा इजरायली सेनाले २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरी कुटपिट गरेको छ ।

यसैगरी अरिहा शहर र जबर र ऐन अल–सुल्तान शरणार्थी शिविर बाट १० जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।

सेनाले बेथलेहेमको गवर्नरेटमा, छ जना प्यालेस्टिनी, जेनिनको दक्षिणमा रहेको मिर्का गाउँमा अन्य छ जना र रामल्ला दक्षिणी नब्लस, जेनिन शिविरमा अन्य तीन जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।

सोही सन्दर्भमा, सेनाले अल–खलिलको उत्तरमा रहेको बेत उमर सहरका विद्यालय र घरहरूमा आक्रमण गरी दर्जनौँ प्यालेस्टिनीहरूलाई चिसो र वर्षाको मौसममा दुव्र्यवहार गर्दै घन्टौँसम्म बन्दी बनाएको जनाइएको छ ।

इजराली सेनाले वेस्ट ब्याङ्कमा प्यालेस्टिनीहरूलाई आतङ्कित पारी उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्ने कार्यकर्ताहरूलाई सताउने र कैदीहरूलाई मुक्त गर्नको लागि गिरफ्तारी गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?