सिजी मोटर्सको एक्सचेन्ज अफर : पुरानो गाडी साटेर नयाँ एक्सपेंग जी सिक्स एसयुवी कार पाइने

लोकपथ
84
Shares

काठमाडौं । नेपालमा इलेक्ट्रिक गाडी बजारलाई गति दिँदै आएको सिजी मोटर्सले पुरानो गाडी साटेर नयाँ इलेक्ट्रिक कार पाइने अफर ल्याएको छ । कम्पनीले ‘एक्सपेङ एक्सपिरियन्स – अपग्रेड टु एक्सलेन्स’ नामक एक्सचेन्ज योजना सार्वजनिक गरेको हो ।

सिजीको यो एक्सचेन्ज क्याम्पेनमा ग्राहकहरूलाई आफ्नो पुरानो गाडी ल्याएर सटही गरी अत्याधुनिक एक्सपेङ इलेक्ट्रिक एसयुवी लैजान सक्ने गरी योजना ल्याएको हो । सिजीले मुख्यतः एक्सपेंग जी सिक्स कारलाई ध्यानमा राखी यस्तो योजना ल्याएको हो । योजनामा एसयुवीका कारका लागि आवश्यक विभिन्न सामाग्रीहरू समेत निशुल्करुपमा दिने बताइएको छ ।

के छन् क्याम्पेनका आकर्षणहरू ?
सिजी मोटर्सको यस क्याम्पेनको मुख्य आकर्षण भनेको ग्राहकहरूले आफूसँग भएको कुनै पनि पुरानो कारलाई एक्सचेन्ज गरी नयाँ एक्सपेङ जी सिक्स इलेक्ट्रिक एसयुवी किन्न पाउने छन् । यो कार किन्दा विभिन्न लाभहरू लिन सकिने समेत सिजीले जनाएको छ ।

पुरानो कार साटेर नयाँ एक्सपेंग एसयुवी कार किन्दा केवल ६ दशमलव ३ प्रतिशत ब्याजमै ऋण पाइने, फुल क्यास गर्दा थप छुट पाइने, एक वर्षको निःशुल्क इन्सुरेन्स पाइने, घरमा प्रयोग हुने चार्जर र ट्राभल चार्जर पाइने लगायतका सुविधा रहेको छ ।

मुख्य सुविधाहरू यस्ता छन्,
ब्याजदरमा छुट : यस क्याम्पेनमा कार खरिद गर्ने वा सट्टापट्टा गर्नेले ६.३ प्रतिशत ब्याजदरमै किस्ताबन्दीमा तिर्ने गरी ऋण प्राप्त हुने,

फुल पेमेन्टमा छुट : बैंक लोन नगरी एकैपटक रकम भुक्तानी गर्नेलाई विशेष छुटको व्यवस्था हुने,

निःशुल्क इन्सुरेन्स र रोड ट्याक्स : क्याम्पेनबाट एक्सपेंग खरिद गर्नेले १ वर्षको निःशुल्क बीमा र १ वर्षका रोड-ट्याक्स समेत कम्पनीले तिरिदिने सुविधा पाउने,

दुई वटा चार्जर : क्याम्पेनबाट बुकिङ वा खरिद गर्नेले ६.६ किलोवाटको वाल माउन्ट चार्जर (घरमा फिक्स गरेर राख्न मिल्ने) र ३.३ किलोवाटको ट्राभल चार्जर (यात्रामा लैजाने) निःशुल्करुपमा प्राप्त हुने,

अन्य सामानसमेत निःशुल्क : क्याम्पेनबाट कार बुकिङ वा खरिद गर्नेले ब्ल्याक+डेकर कार वासर र भ्याक्युम क्लिनर सेटसमेत निःशुल्क प्राप्त गर्नेछन् ।

त्यसैगरी क्याम्पेनमा टेस्ट ड्राइभ मात्रै गर्नेले समेत आकर्षक उपहार पाउने जनाइएको छ । क्याम्पेन अवधिमा टेस्ट ड्राइभ गर्न आउने प्रत्येक ग्राहकलाई विशेष उपहार प्रदान गर्ने समेत सिजीले जनाएको छ ।

के छन् एक्सपेंग जी सिक्सका सुविधा ?
एक्सपेङ जी सिक्सलाई भविष्यको कार भन्दै यो अत्याधुनिक डिजाइन, स्मार्ट फिचर आदि समावेश रहेको कम्पनीले जनाएको छ ।

एक्सपेंग जी सिक्समा ४४० एनएमको टर्क क्षमता रहेको छ जसले ६ दशमलव ६ सेकेन्डभित्रमै गाडीलाई शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा लैजान सक्छ ।

त्यसैगरी एक्सपेंग जी सिक्समा उन्नत स्वचालित सहयोगी प्रणाली रहेको छ । यसमा एडभान्स अटो–पाइलट सुविधा छ जसले लामो यात्रामा ड्राइभरलाई सहज बनाउँछ भने स्मार्ट अटो-पार्किङ प्रणाली समेत रहेको कारण असहज स्थानमा समेत सजिलै पार्किङ गर्न मद्दत गर्छ ।

यो कारमा विश्वस्तरीय सुरक्षा अर्थात् युरो एनक्याप फाइभ रेटिङ रहेको छ जुन विश्वस्तरीय सुरक्षा चिन्ह हो र यसले सुरक्षा प्रदान गर्ने दाबी गरिन्छ । त्यसैगरी यो कारमा लामो व्हील बेस रहेको कारण कारलाई स्थिर राखी आरामदायी बनाउने तथा उबडखाबड रोडमा समेत सहज यात्रा हुने दाबी गरिएको छ ।

यो कारमा ठुलो इन्फोटेनेमेन्ट स्क्रिन, प्रिमियम साउन्ड सिस्टम र उच्च गुणस्तरको इन्टेरियर डिजाइन रहेको छ जसले ड्राइभिङलाई लक्जरी अनुभव दिलाउने दाबी गरिएको छ ।

नेपालमा एक्सपेंग
नेपालमा एक्सपेंगको आधिकारिक वितरक सिजी मोटर्सले देशभरि आफ्नो सेवा नेटवर्क विस्तार गरेको जनाएको छ । हाल काठमाडौं, पोखरा र चितवनमा आधिकारिक सेवा केन्द्रहरू सञ्चालनमा रहेकामा थप स्थानहरूमा पनि सेवा केन्द्र खोल्ने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरूलाई निरन्तर र उत्तम सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत जनाएको छ ।

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?