हिरो मोटरसाइकलको सर्भिस तथा एक्सचेन्ज महामेला सुरु

लोकपथ
189
Shares

काठमाडौं । हिरो मोटरसाइकलको सर्भिस तथा एक्सचेन्ज महामेला सोमबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हिरोले मोटरसाइकल तथा स्कुटरका ग्राहकहरूका लागि एकै स्थानमा पहिलोपटक सर्भिस र एक्सचेन्ज महामेला आयोजना गरेको हो ।

‘हिरो सर्भिस तथा एक्सचेन्ज महामेला’ कार्तिक २४ देखि कार्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सहभागी हुने ग्राहकहरूले विभिन्न आकर्षक छुट र अफरहरू प्राप्त गर्नेछन् ।

मेलामा सहभागी भई मोटसाइकल वा स्कुटरको सर्भिसिङ गराउँदा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पार्टस् तथा मोबिलमा १५ प्रतिशत छुट र एएमसी (वार्षिक सर्भिसिङ कुपन) मा ३० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । साथै, निःशुल्क इन्जेक्टर क्लिनिङ, वासिङ र हिरोको मर्कन्टाईजहरू समेत प्राप्त गर्न सकिने जनाएकाे छ ।

एक्सचेन्ज योजनाअन्तर्गत, ‘हिरो टु हिरो’ सवारी साट्दा न्यूनतम ३० हजार रुपैयाँसम्मको भ्यालुका साथै थप १५ हजारदेखि १ लाख रुपैयाँसम्म बोनस पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, अन्य ब्रान्डका मोटरसाइकल वा स्कुटर साटेर ‘हिरो’ खरिद गर्दा पनि न्यूनतम २५ हजार रुपैयाँसम्मको भ्यालुका साथै स्क्र्याचमार्फत १५ हजारदेखि १ लाख रुपैयाँसम्मको बोनस प्राप्त गर्न सकिनेछ ।

नयाँ हिरो मोटरसाइकल वा स्कुटर खरिद गर्दा स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुटका साथै हेल्मेट, बाइक कभर र ग्लोभ्स निःशुल्क पाइनेछ ।

साथै नागरिकताको आधारमा सरल फाइनान्स सुविधा पनि उपलब्ध रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?