हिरोको एक्सचेन्ज मेला : थोत्रा मोटरसाइकल वा स्कुटरकै न्यूनतम मूल्यांकन ४० हजार !

लोकपथ
574
Shares

काठमाडौं । हिरो मोटरसाइकलले आफ्नो एक्सचेन्ज मेलामा न्यूनतम ४० हजार रुपैयाँको भ्यालुएसन दिने भएको छ । जतिसुकै थोत्रो मोटरसाइकल वा स्कुटर भए पनि न्यूनतम मूल्यांकन २५ हजार र त्यसमा १५ हजार गरी कुल ४० हजारको भ्यालुएसन गर्ने भएको हो ।

नेपालमा हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सिजी मोटर्सले कात्तिक २४ गतेदेखि भृकुटीमण्डपमा गर्न लागेको एक्सचेन्ज मेलामा यो आकर्षक प्याकेज सार्वजनिक गरेको हो ।

हिरोले एक्सचेन्ज महामेला भन्दै कात्तिक २४ गतेदेखि २९ गतेसम्म गर्न लागेको मेलामा हिरोकै मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्दा न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँ र त्यसमा १५ हजार रुपैयाँको अतिरिक्त मूल्य दिने भएको छ । हिरो बाहेक अन्य कम्पनीको मोटरसाइकल वा स्कुटर ल्याउँदा पनि न्यूनतम मूल्यांकन २५ हजार कायम गरी त्यसमा १५ हजार रुपैयाँको अतिरिक्त मूल्य दिने जनाएको छ ।

एक्सचेन्ज महामेला नाम दिइएको यो मेलामा सहभागी हुनेहरूका लागि हिरोका मोटरसाइकल तथा स्कुटरहरूको निःशुल्क वासिङको समेत व्यवस्था गरेको छ । मेलामा सर्भिसिङ, एक्सचेन्ज, नयाँ सवारी साधनको खरिद तथा लक्की ड्रको समेत व्यवस्था गरिएको हिरोले जनाएको छ ।

सेवा र स्पेयर पार्टसमा ठूलो छुट
मेलामा हिरो ब्रान्डका सवारी साधनहरूको सर्भिसिङ गर्दा लेबर चार्जमा ५० प्रतिशत, स्पेयर पार्टस र मोबिलमा १५ प्रतिशत तथा एएमसी (वार्षिक सर्भिसिङ कुपन) मा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ । साथै महामेलामा उपस्थित हुनेहरूले निःशुल्क रूपमा इन्जेक्टर सफाइ, वासिङ तथा हिरोको मर्कन्टाईजहरु समेत प्राप्त गर्ने जनाइएको छ ।

हिरो टु हिरो एक्सचेन्जमा बढी मूल्य
यस महामेलाको मुख्य आकर्षण भनेको हिरो टु हिरो एक्सचेन्जको सुविधा रहेको छ । मेलामा आएका ग्राहकहरूले आफ्नो पुरानो हिरो मोटरसाइकल वा स्कुटरको एक्सचेन्ज गर्दा न्यूनतम मूल्य ३० हजार सहित थप भ्यालु एडिसनका रूपमा १५ हजार देखि एक लाख रुपैयाँसम्म प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यसै गरी अन्य ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्दा न्यूनतम मूल्यांकन २५ हजार सहित थप भ्यालु एडिसन १५ हजार देखि एक लाख रुपैयाँसम्म हुने हिरोले दाबी गरेको छ । हिरोले मोटरसाइकल वा स्कुटरको अवस्था जस्तो भए पनि हुने भनेको छ ।

नयाँ मोटरसाइकल र स्कुटरमा छुटको व्यवस्था
मेलामा नयाँ हिरो मोटरसाइकल र स्कुटरहरूको खरिद गर्ने ग्राहकहरूलाई पनि ठूलो छुटको प्रस्ताव गरिएको छ । हिरोले आफ्ना मोटरसाइकल तथा स्कुटरको खरिदमा न्यूनतम ८ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको छुट तथा निःशुल्करुपमा हेल्मेट, बाइक कभर र ग्लोभ्स लगायतका सामान दिने जनाएको छ । यसका साथै सजिलो फाइनान्सको सुविधा सहित नागरिकताको भरमा हिरो मोटरसाइकल तथा स्कुटरहरू किन्न सकिने कम्पनीले जनाएको छ ।

दैनिक लक्की ड्रमा हेल्मेट, मेला अवधिभरको लक्की ड्र मा नथिङ फोन
यस महामेलामा लक्की ड्रको आकर्षण समेत रहेको छ । दैनिक रूपमा लक्की ड्र मार्फत मेलामा उपस्थित भएकाहरूबाट एक जना ग्राहकलाई फुल फेस हेल्मेट प्रदान गरिने कम्पनीले जनाएको छ । साथै मेला अवधिभरमा भ्रमण गर्ने ग्राहक मध्यबाट लक्की ड्र गरी एक जनालाई नथिङ स्मार्ट फोन समेत प्रदान गर्ने हिरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?