महासचिव गुटेरेसले भने : ‘युद्ध होइन, शान्तिमा खर्च गरौँ’

लोकपथ
112
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वका शक्तिशाली राष्ट्रहरूलाई युद्धमा खर्च हुने स्रोतहरू विकास र शान्तिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघ (यूएन) स्थापनाको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘संयुक्त राष्ट्रसंघको भविष्य” विषयक सुरक्षा परिषद्को खुला बहसमा गुटेरेसले यो कुरा बताएका हुन् ।

हनोईबाट भिडियो लिङ्कमार्फत सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वका साना र ठुला देशहरूबिच आपसी सम्मान र सहकार्यको आवश्यकता औँल्याए । उनले भने, ‘हामीले सबै नागरिकको सम्मान गर्नुपर्छ र उनीहरूलाई आशा दिने भविष्य निर्माण गर्नुपर्छ ।’

गुटेरेसले आफ्नो भाषणको सुरुवातमा सुरक्षा परिषद्को एक पुरानो प्रसंग उल्लेख गर्दै वर्तमान विश्व परिस्थिति सुधारका लागि सबै सदस्य राष्ट्र बिच एकता र जिम्मेवारीको भावना आवश्यक रहेको बताए ।

उनका अनुसार, विश्व समुदायले अब विनाशकारी प्रतिस्पर्धाभन्दा सहअस्तित्व र साझा समृद्धितर्फ उन्मुख हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?