ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनबाट मृत्युको संख्या ९ पुग्यो

लोकपथ
266
Shares
तस्वीर गूगल

काठमाडौं ।  ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार, अझै ७ मृत्युमाथि अनुसन्धान भइरहेको छ ।

गत सेप्टेम्बर महिनामा जीन, भोड्का र ह्विस्कीजस्ता डिस्टिल्ड (आसवित) मदिरामा मानव स्वास्थ्यका लागि घातक मिथेनोल मिसिएको पुष्टि भएको थियो । यी मदिरा साओ पाउलो लगायत ब्राजिलका विभिन्न क्षेत्रका बार र वितरकहरूमार्फत बिक्री गरिएको थियो ।

घटनापछि प्रहरीले अवैध गोदामहरूमा छापा मारेर मदिराका बोतल र लेबलहरू बरामद गर्ने विशेष अभियान चलाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म साओ पाउलो राज्यमा ६, पर्नामबुको राज्यमा २ र पेराना राज्यमा १ जनाको मृत्यु पुष्टि भएको छ । साओ पाउलो सबैभन्दा बढी प्रभावित राज्य हो, जहाँ ३८ जनामा मिथेनोल विषाक्तता पुष्टि भइसकेको छ भने थप १९ घटना अनुसन्धानको चरणमा छन् ।

मन्त्रालयले नागरिकलाई चेतावनी दिँदै सो मदिरा सेवन नगर्न र शंकास्पद मदिरा पत्ता लागे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?