काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेका छन् । तर उनले निकट भविष्यमा अमेरिका–रुस–युक्रेन शिखर सम्मेलन गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
जेलेन्स्कीसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले हंगेरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने आफ्नो आगामी भेटलाई केवल ‘द्विपक्षीय बैठक’ हुने स्पष्ट पारे । उनले मस्को र कीभबीच ‘धेरै खराब रगत’ रहेको भन्दै त्रिपक्षीय वार्ताको सम्भावना हालका लागि टारिएको बताए ।
रुस–युक्रेन युद्धमा अमेरिकाको भूमिकाबारे सोधिँदा ट्रम्पले टोमाहक क्रुज मिसाइलहरू युक्रेनलाई उपलब्ध गराउने सम्भावनाबारे सोधिएका प्रश्नमा अमेरिकालाई पनि हतियार आवश्यक रहेको भन्दै प्रत्यक्ष रूपमा उत्तर नदिएका थिए । उनले ती हतियार युक्रेनमा स्थानान्तरण भए द्वन्द्व थप उग्र हुन सक्ने चेतावनी समेत दिए ।
जेलेन्स्कीले गाजा युद्ध विरामपछि रुस–युक्रेन द्वन्द्व अन्त्यतर्फ गति लिन सक्ने आशा व्यक्त गर्दै मस्को वार्तामा फर्कन तयार नभएको आरोप लगाए । उनले वाशिंगटनलाई रूसमाथि थप कूटनीतिक दबाब सिर्जना गर्न आग्रह गरे ।
ट्रम्पको दोस्रो कार्यकालमा जेलेन्स्कीको यो ह्वाइट हाउसको तेस्रो भ्रमण हो । उक्त भेट ट्रम्प र पुटिनबिच लामो फोन वार्ताको एक दिनपछि भएको हो । दुवै नेताहरू अन्तिम पटक गत अगस्टमा अलास्कामा भेटिएका थिए, तर सो वार्ताबाट कुनै ठोस समझदारी बनेको थिएन । युद्धविरामसम्बन्धी वार्ता अहिले पनि गतिरोधमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया