काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जा गर्न अनुमति नदिने स्पष्ट चेतावनी दिएका छन् । उनले इजरायललाई यसबारे नसोच्न नै आग्रह गर्दै अब युद्ध रोक्ने समय आइसकेको बताएका छन् ।
संयुक्त राष्ट्र महासभाको बैठकमा अरब तथा मुस्लिम नेताहरूसँग बोल्दै ट्रम्पले इजरायल–हमास द्वन्द्व अन्त्य गर्न गैर–हमास निकायमार्फत गाजाको शासन सञ्चालन गर्ने २१ बुँदे योजना पनि प्रस्तुत गरिएको जानकारी गराए ।
गाजामा बढ्दो मानवीय संकटबीच अन्तर्राष्ट्रिय दबाब बढिरहेको समयमा ट्रम्प प्रशासनले ल्याएको यो प्रस्तावलाई विशेष महत्वका रूपमा लिइएको छ ।
बैठकमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका शीर्ष नेताहरू तथा वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । यस क्रममा संयुक्त अरब इमिरेट्सले पनि चेतावनी दिँदै इजरायलले कुनै पनि गाभ्ने कदम चालेमा त्यो ‘रातो रेखा हुने स्पष्ट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया