नेपाल टेलिकमको सिस्टममा समस्या

लोकपथ
3.3k
Shares

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । बिहीबार बिहानबाट टेलिकमको मोबाइल सेवामा समस्या देखिएको हो ।

टेलिकमको जिएसएम सेवामा समस्या आएको बुझिएको छ । मोबाइलबाट फोन गर्दा फोन नलाग्ने, आफैँ काटिने र बोलेको नसुनिने समस्या देखिएको हो ।

फोन गर्दा घण्टी नै नजाने, घण्टी गए पनि एक पटक घण्टी बजेर काटिने लगायतका समस्या देखिएका छन् ।

यस सम्बन्धमा कुराकानी गर्न खोज्दा नेपाल टेलिकमका प्रवक्ता तथा नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्तासँग समेत सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?