दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण : ५ जनाको मृत्यु, २ घाइते

लोकपथ
224
Shares

 काठमाडौं । इजरायली ड्रोन आक्रमणले दक्षिणी लेबनानी सहर बिन्त जबेलमा मोटरसाइकल र कारलाई लक्षित गर्दा पाँच जनाको ज्यान गएको छ । मृतकमध्ये तीन बालबालिका रहेका छन् ।

लेबनानी अधिकारीका अनुसार आक्रमणमा दुई जना घाइते भएका छन् । सेनाको गुप्तचर स्रोतले दिएको जानकारीअनुसार, ड्रोनले दुई निर्देशित मिसाइल प्रहार गर्दा मोटरसाइकलमा सवार हिज्बुल्लाह सदस्य मोहम्मद म्रोएहको मृत्यु भएको छ भने नजिकैको कारमा रहेका चार नागरिक मारिएका हुन् ।

यस घटनाप्रति लेबनानी राष्ट्रपति जोसेफ आउनले कडा आपत्ति जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका आउनले इजरायलले २०२४ नोभेम्बरमा भएको युद्ध विराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाए । उनले यसलाई ‘नरसंहार’ भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इजरायलमाथि दबाब सिर्जना गर्न र सम्झौताको पालना गराउन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?