अमेरिकामा हुन्डाई प्लान्टमा छापा : ४७५ दक्षिण कोरियाली नागरिक पक्राउ

लोकपथ
721
Shares

एजेन्ट । शुक्रबार अमेरिकामा हुन्डाई प्लान्टमा गरिएको ठूलो छापामारीमा सयौं कोरियाली नागरिक पक्राउ परेका छन् ।

जर्जियास्थित उक्त साइटमा अमेरिकी अधिकारीहरूले ४७५ जनालाई हिरासतमा लिएका छन् । जसमा अधिकांश दक्षिण कोरियाली नागरिक रहेका छन् । उनीहरूलाई अवैध रूपमा ब्याट्री उत्पादन सुविधामा काम गरेको पाइएको छ।

अमेरिकी वासिङ्टन–आधारित होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (HSI) का विशेष एजेन्ट स्टीवन श्र्याङ्कका अनुसार, ‘छोटो अवधि वा मनोरञ्जन भिसामा रहेका व्यक्तिहरूलाई अमेरिकामा काम गर्न अनुमति छैन । यस अपरेशनले नियम तोड्नेहरूलाई जिम्मेवारी वहन गर्नुपर्ने स्पष्ट सन्देश दिन्छ ।’

ह्वाइट हाउसले छापामारीको बचाउ गर्दै यसले विदेशी लगानीलाई निरुत्साहित गर्न सक्ने चिन्ता खारेज गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘यी अवैध आप्रवासी हुन् र आप्रवासन र भन्सार प्रवर्तनले आफ्नो काम गरिरहेको छ ।’

घटना सार्वजनिक भएपछि दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले शनिबार आपत्कालीन बैठकको अध्यक्षता गर्दै ‘हाम्रा नागरिकहरूको गिरफ्तारीप्रति ठूलो जिम्मेवारी महसुस भएको’ बताएका छन् । उनले आवश्यकता परेमा अमेरिकी प्रशासनसँग सीधा वार्ता गर्ने र एक ओभरसिज कोरियाली प्रोटेक्सन टास्क फोर्स गठन गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?