काठमाडौं । नेपालमा टाटा मोटर्सका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चाडपर्वको अवसरमा ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रम सुरु गरेको छ ।
यस कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सका नयाँ इलेक्ट्रिक र पेट्रोल डिजेल मोडलका गाडीहरू अवलोकन गर्न सक्नेछन् । साथै टेस्ट ड्राइभ लिन र विशेष अफरसहित गाडी बुक गर्न पनि सकिनेछ ।
प्रदर्शनीमा टियागो ईभी, पंच ईभी, नेक्सन के३ ईभी, कर्भ ईभी लगायत लोकप्रिय इलेक्ट्रिक मोडल राखिएका छन् । पेट्रोल डिजेल मोडलमा टियागो, पंच, नेक्सन र टाटा सफारी उपलब्ध छन् ।
ग्राहकलाई आकर्षित गर्न कार्यक्रममा विभिन्न सुविधा पनि दिइएको छ – लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, छुट, उत्कृष्ट एक्सचेन्ज मूल्य, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, फ्री इन्स्योरेन्स, निःशुल्क सवारी कर, फ्री होम चार्जिङ इंस्टलेसन र अन्य सुविधा रहेका छन् ।
टाटा मोटर्स नेपालले यस कार्यक्रममार्फत ग्राहकलाई आर्थिक सुविधा दिनुका साथै चाडपर्वको खुसी र उत्साहमा सहभागी गराउने उद्देश्य राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया