अफगानिस्तानको पूर्वी क्षेत्रमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु

लोकपथ
217
Shares

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, भूकम्प स्थानीय समय अनुसार आइतबार राति ११:४७ बजे (१९:१७ जीएमटी) मा ८ किलोमिटर गहिराइमा गएको हो । यसपछि ४.५ देखि ५.२ म्याग्निच्यूडका कम्तीमा तीन पटक पराकम्प अनुभव भएको बताइएको छ ।

स्थानीय अधिकारीहरूले बीबीसीलाई जानकारी दिएको अनुसार, नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा ११५ भन्दा बढी घाइतेहरू उपचाररत छन् ।

यो कम्पन अफगानिस्तानको राजधानी काबुल भन्दा करिब २०० किलोमिटर टाढा र पाकिस्तानको राजधानी इस्लामाबाद भन्दा करिब ४०० किलोमिटर टाढा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

अधिकारीहरूले मृतक सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । प्रभावित प्रान्तहरू दुर्गम र कठिन भौगोलिक अवस्थासहितका भएकाले त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?