चीनमा पुल दुर्घटना : १२ जनाको मृत्यु, ४ जना बेपत्ता

लोकपथ
805
Shares

काठमाडौं । उत्तर पश्चिम चीनको छिंगहाई प्रान्तमा पुल निर्माणको क्रममा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन् ।

हुआङनान तिब्बती स्वायत्त प्रान्तको जैन्का काउन्टीस्थित सिचुआन–छिंगहाई रेलवेको छिंगहाई खण्डमा निर्माणाधीन पुल भत्किँदा दुर्घटना भएको हो ।

विफलताका कारण १०८ मिटर लामो स्टील गर्डर आर्च रिब भत्किएको अधिकारीहरूले जनाएका छन् । घटनाका समयमा १६ जना कामदार घटनास्थलमा उपस्थित थिए ।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि शुक्रबार दिउँसोसम्म ८०६ उद्धारकर्मी खटिएका थिए । उद्धारमा ९१ सवारी साधन, २७ डुङ्गा, एक हेलिकप्टर र पाँच रोबोट प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?