वाशिङ्टनमा राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको घोषणा

लोकपथ
483
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन, डीसीमा कानुन व्यवस्था र सार्वजनिक सुरक्षा पुनःस्थापना गर्न राष्ट्रिय गार्ड तैनाथ गर्ने घोषणा गरेका छन् । 

सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले मेट्रोपोलिटन प्रहरी विभागलाई प्रत्यक्ष संघीय नियन्त्रणमा ल्याउन ‘गृह नियम ऐन’ औपचारिक रूपमा लागू गरिएको जानकारी दिए ।

ट्रम्पका अनुसार प्रशासनले गत हप्तामै जिल्लामा ५०० संघीय एजेन्टहरू खटाइसकेको छ, जसमा एफबीआई, मदिरा–तम्बाकू–हतियार र विस्फोटक पदार्थ ब्युरो, लागूपदार्थ प्रवर्तन प्रशासन, पार्क प्रहरी, अमेरिकी मार्शल सेवा, गोप्य सेवा तथा गृह सुरक्षा विभागका कर्मचारीहरू समावेश छन् ।

ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले वाशिङ्टनमा बढ्दो हिंसात्मक अपराध र घरबारविहीनताको बारम्बार आलोचना गर्दै आएका छन् । उनले स्थानीय सरकारलाई कमजोर व्यवस्थापनको आरोप लगाउँदै संघीय अधिग्रहणको चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?