इजरायली आक्रमणबाट गाजामा ३७ जनाको मृत्यु

लोकपथ
595
Shares
फाइल तस्बिर

काठमाडौं । गाजामा इजरायली सेनाले सहायता लिन पर्खिरहेका सर्वसाधारणमाथि गोली चलाउँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३० जना सहायता वितरण केन्द्रमा लाइनमा उभिएका थिए ।

गाजाको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार उत्तरी गाजामा सीमा नाका नजिक भएको गोलीबारमा १२ जनाको मृत्यु र करिब २०० जना घाइते भए । त्यस्तै, मध्य गाजामा अर्को सहायता केन्द्र नजिक ६ जनाको मृत्यु र ३० जना घाइते भए । दक्षिणी खान युनिसमा भएको ड्रोन आक्रमणमा पनि कम्तीमा ३ जनाको मृत्यु भएको छ ।

दुई वर्षअघि युद्ध सुरु भएदेखि इजरायली नाकाबन्दीका कारण गाजामा खाद्यान्न, औषधि र इन्धनको ठूलो अभाव छ । यसबिच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहु युद्ध विरामका लागि अन्तर्राष्ट्रिय दबाबमा परेका छन् । तर, इजरायली मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने ठूलो अपरेसनको योजना अनुमोदन गरेको छ । नेतान्याहुले भनेका छन्, ‘हामी गाजा कब्जा गर्न होइन, हमासबाट मुक्त गर्न जाँदैछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?