गाजामा इजरायली हवाई आक्रमण, २४ प्यालेस्टिनीको मृत्यु

लोकपथ
399
Shares
फाइल तस्बिर

काठमाडौं । गाजा सिभिल डिफेन्सका अनुसार गाजामा इजरायली आक्रमणमा २४ प्यालेस्टिनीको मृत्यु भएको छ ।

दक्षिणी गाजाको खान युनिसमा विस्थापित व्यक्तिहरू बसोबास गर्दै आएको पाल र भेलाहरूलाई लक्षित गर्दै गरिएको हवाई आक्रमणमा एक बच्चासहित २४ जनाको ज्यान गएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले जानकारी दिए ।

बसालका अनुसार उत्तरी शेख रदवान छिमेकको एक आवासीय अपार्टमेन्टमा गरिएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । त्यस्तै, गाजा शहरको पश्चिमस्थित शाती शरणार्थी शिविरको अपार्टमेन्टमा भएको अर्को हवाई आक्रमणमा समेत तीन जनाको मृत्यु भएको छ ।

इजरायलले गत मार्च १८ मा गाजामा आक्रमण पुनः सुरु गरेदेखि अहिलेसम्म कम्तीमा ९ हजार ७५२ प्यालेस्टिनी मारिएका छन् भने ४० हजार ४ जना घाइते भएका छन् ।

गाजास्थित स्वास्थ्य अधिकारीका अनुसार अक्टोबर २०२३ देखि हालसम्म ६१ हजार २५८ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५२ हजार ४५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?